भूतपूर्व सैनिक संघका पूर्व अध्यक्ष गुरुङको निधन

काठमाडौं । नेपाल भूतपूर्व सैनिक संघका पूर्व अध्यक्ष एवं पूर्व सांसद मेजर दिपकबहादुर गुरुङको शुक्रबार दिउँसो निधन भएको छ । काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा उनको निधन भएको काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए ।

विक्रस सम्बत १९९३ असार १० गते कास्कीको नार्माजुन गाविस–३ मा जन्मिएका स्वर्गीय गुरुङ व्रिटिश आर्मीबाट रिटायर्ड मेजर हुन । उनले तत्कालीन समयमा बेलायतकी महारानी एलिजावेथ द्वितीयको सेरेमोनियल एडीसीको रुपमा समेत काम गरेका थिए ।

लामो सैनिक जीवनपछि भूपू सैनिक समुदाय र जनताको सेवामा समर्पित भएर उल्लेखनीय काम गरेका थिए । व्रिटिश गोर्खाको समान पेन्सनको आन्दोलन तथा गोर्खालीले पु¥याएको योगदान र वलिदनको कदर गर्दै आवासीय भिसाका लागि गरिएको आन्दोलनहरुको उनी एक नेतृत्वकर्ता हुन ।

स्वर्गीय गुरुङ नेपाल भूतपूर्व सैनिक संघको तीन कार्यकालसम्म अध्यक्ष भएका थिए । उनले नेपालको लोकतान्त्रिक आन्दोलन तथा पार्टीको संगठनमा सक्रिय भूमिका निर्वाह गरेका थिए ।

कांग्रेसका सभापति शेरबहादुर देउवाले उनको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन । देउवाले भनेका छन, ुनेपाल भूतपूर्व सैनिक संघका पूर्व अध्यक्ष एवं पूर्व सांसद मेजर दिपकबहादुर गुरुङको निधनको खबरले मलाई अत्यन्त मर्माहत र स्तब्ध बनाएको छ । पार्टी संगठन र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नु भएका मेजर दिपकबहादुर गुरुङको निधनबाट नेपाली कांग्रेसलाई अपूरणीय क्षति पुगेको छ । उहाँको निधनप्रति म गहिरो दुःख व्यक्त गर्दछु । साथै, दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै उहाँका शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछु ।ु

उहाँको पार्थिव शरीरलाई आजै साँझ पशुपति आर्यघाटमा दाहसंस्कार गरिने कार्यक्रम छ ।