बैतडीमा खेलमैदान बनाउने काम सुरु

बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिकामा एक करोडमा पालिकास्तरीय खेलमैदान निर्माणकार्य शुरु गरिएको छ । गाउँपालिकाको चालु आर्थिक वर्षको १५ लाख बजेटमा खेलमैदान निर्माणकार्य अघि बढाइएको हो ।

दोगडाकेदार गाउँपालिकाको ३ श्रीकोट र ७ देउलेकको सिमाना लवलेक (लडालेक)मा खेलमैदान निर्माणकार्य भइरहेको छ । २०० मिटर चौडाइ र ४०० मिटर लम्बाइ हुने उक्त खेलमैदानका लागि थप आवश्यक पर्ने बजेट प्रदेश सरकार र सङ्घीय सरकारसँग माग गरिएको गाउँपालिका अध्यक्ष चक्र कार्कीले बताए ।

सुविधासम्पन्न खेलमैदानलाई गाउँपालिकाले क्रमागत योजनामा राखेको आगामी वर्ष पनि उक्त मैदान निर्माणका लागि बजेट छुट्याइने उनले बताए ।