राष्ट्र बैंकद्वारा चालु अर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक, ऋण तिर्ने अवधि दुई वर्षसम्म थप, किसानलाई क्रेडिट कार्ड

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनि गरेको छ । मौद्रिक नीतिमार्फत कोभिड– १९ का कारण अर्थतन्त्रमा परेको प्रभावलाई सहज बनाउन व्यवस्था गरिएको छ ।

कोरोनाबाट प्रभावित क्षेत्रका ऋणीहरूका लागि ऋण तिर्ने अवधि २ वर्षसम्म थप गरेको राष्ट्र बैङ्कले जनाएको छ। चालु आर्थिक बर्षको मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले प्रभावित क्षेत्रलाई ६ महिनादेखि २ वर्षसम्म ऋण तिर्ने म्याद थपिएको बताएका छन ।

कोरोनाका कारण पर्यटकको लागि खोलिएका ठुला होटलको हकमा अधिकतम २ वर्ष, अति प्रभावित क्षेत्रमा प्रवाहित कर्जाको हकमा एक वर्ष सम्म, मध्यम प्रभावित क्षेत्रमा प्रवाहित कर्जाको हकमा ९ महिना र निम्न प्रभावित क्षेत्रमा प्रवाहित कर्जाको हकमा ६ महिनासम्मका लागि एक पटक ग्रेस अवधि थप गर्न सकिने गभर्नर अधिकारीले बताए।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको बुँदा नम्बर ५४ मा कोभिडको सन्दर्भमा विशेष नीतिगत व्यवस्था गर्दै ब्याज छुट देखि कर्जाको भाका सार्ने सम्मका व्यवस्था गरेको छ। तोकएको क्षेत्रमा प्रवाह भएको कर्जामा चैतमा कायम व्याजदरमा ऋणीलाई २ प्रतिशत छुट दिनुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

मौद्रिक नीतिमार्फत किसानका लागि कृषि विकास बैंकमार्फत किसान क्रेडिट कार्डको व्यवस्था गरिने भएको छ। किसानलाई कृषि विकास बैंकमार्फत क्रेडिट कार्डको व्यवस्था गरिने भएको हो। सरकारले चालु आर्थिक वर्षको बजेट वक्तव्यमार्फत चालु आर्थिक वर्षमा किसान क्रेडिट कार्डको व्यवस्था गरिने बताएको थियो ।

त्यसैगरी बैंक तथा वित्तीय संस्थाले कायम गर्नुपर्ने काउन्टर साइक्लिकर बफर सम्बन्धि व्यवस्थालई स्थगन गरिएको राष्ट्र बैंकले मौद्रिक नीतिमा उल्लेख गरेको छ।

त्यस्तै कोरोनाबाट संक्रमितका उपचारमा सहयोग पुर्याउने उद्येश्यले नीजि स्वास्थ संस्था सेवा विस्तार वा स्तरोन्नतिको लागि प्रवाह हुने कर्जा प्राथमिकता प्राप्त क्षेत्र कर्जामा गणना गर्ने व्यवस्था समेत राष्ट्र बैंकले गरेको छ । अनुमति लिएर वैदेशिक रोजगारीमा जान नपाएका व्यक्तिहरुले उद्योग व्यवसाय सञ्चालन गर्न कर्जा माग गरेमा निवेदन दिएको ७ दिन भित्र सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने व्यवस्था गरिएको छ।

पूर्णपाठका लागि यो लिंकमा जानुहोलाः

Monetary-policy-In-Nepali-2077-78