ओलीको बेलगाम हर्कतले देश गम्भिर शंकटमाः डा भट्टराई

काठमाडौं । समाजवादी पार्टीका नेता तथा पूर्वप्रधामन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको बेलगाम हर्कतले देश गम्भिर शंकटमा धकेलिएको बताएका छन ।

प्रधानमन्त्री ओलीलाई क्रुर तानाशाही हिटलरसँग तुलना गर्दै शनिबार ट्विटमार्फत भनेका छन, ‘पधानमन्त्री ओलीको वेलगाम हर्कतले देश गम्भीर संकटतिर जाँदैछ।’

उनले ओलीको कार्यकालमा कोरोना,अर्थतन्त्र, भ्रष्टाचार, विदेश नीति, जातीय, धार्मिक द्वेष, राज्यका अंग कमजोर भएको पनि उल्लेख गर्दै भनेका छन, ‘स्मरण रहोस् हिट्लर पनि निर्वाचित थिए । चरम राष्ट्रवाद उनको पनि हतियार थियो । आखिर के भयो ? नेकपा किन अलमलमा ? संसदबाटै संकटमोचन किन हुन्न ?’

उनले ‘ओलीहटाऔंदेशबचाऔं’ ह्यासट्ग गर्दै ओलीलाई हटाउनुपर्ने माग पनि गरेका छन ।