जनताको रगत, पसिनामाथि दोहन कहिलेसम्मः प्रदिप पौडेल

काठमाडौं । काँग्रेस युवा नेता प्रदिप पौडेलले सरकारले उच्चारण गर्दै आएको  ‘म भ्रष्टाचार गर्दिन, गर्न पनि दिन्न’ भन्ने अभिव्यक्ति आराध्य किर्तन मात्रै भएको बताएका छन ।

महालेखा परीक्षकको प्रतिवेदनमा सरकारी खर्चमा ६.६४ खर्ब रुपैयाँ बेरुजु हुनु भनेको अनियमितताको पराकाष्टा भएको उनले बताएका छन ।

‘यो बेरुजु रकम देशको कुल गार्हस्थ्य उत्पादनको २१ प्रतिशत जति हो । सरकारको जिम्मेवार निकायबाट यति ठूलो अनियमितता !’ भन्दै आश्चर्य व्यक्त गरेका छन् ।

उनले सरकारको ‘म भ्रष्ट्राचार गर्दिन, गर्न पनि दिन्नु भन्ने नारा, आराध्य किर्तन मात्र भएको बताउँदै ुजनताको रगत, पसिनामाथिको दोहन कहिले सम्म ?’ भनेर प्रश्न गरेका छन ।