अमिताभको परिवारमा कोरोना देखिएपछि चारै बंगला शिल, ६ प्रकारका मानिसबाट जोगिन ‘बिग बच्चन’को सुझाव

एजेन्सी । कोरोना भाइरसको बढ्दो प्रकोपबाट बच्च निकै मुस्किल बन्दै गएको छ । यो भाइरसले ठूलो, सानो, धनी, गरिब, उँच, निच वा धनी, गरिब भन्दैन भन्ने कुरा प्रमाणित गरिसकेको छ ।

यो संक्रमण जसले थोरै पनि असावधानी अपनायो उसलाई तुरुन्त फैलन्छ भन्ने देखिइसकेको छ । बलिउडका महानायक कहलिएका अमिताभ बच्चन पनि यो संक्रमणबाट अछुतो रहन सकेनन । हालै उनी कोरोना संक्रमित बनेका हुन । जसका कारण उनी मुम्बईको नानावती अस्पतालमा उपचाररत छन ।

यद्यपित डाक्टरहरुले उनी खतरामुक्त भएको बताएका छन । उनका प्रसंसक पनि उनको स्वास्थ्य लाभको कामना गरिरहेका छन । अमिताभले पनि आफ्ना फ्यानप्रति आभार व्यक्त गरेका छन ।

अमिताभको मुंबईस्थित चारवटै बंगला शिल गरिएको छ । उनका जलसा, जनक, वत्सा र प्रतीक्षा नामका बंगला मुंम्बई नगर निगमले शिल गरेको हो । बंगलाहरुको बाहिर मानिसहरुलाई टाढै बस्न भनिएका बोर्ड राखिएका छन ।

अमिताभ बच्चनसँगै उनका छोरा अभिषेक बच्चन, बुहारी ऐश्वर्या राय बच्चन, नातिनी आराध्या पनि कोरोना संक्रमित भएका छन । तर अभिताभकी श्रीमति जया बच्चनको पिसिआर रिपोर्ट नेगेटिभ देखिएको छ । अमिताभ र अभिषेक नानावती अस्पतालमा उपचाररत भए पनि ऐश्वर्या र अराध्या भने होम क्वारेन्टिनमा छन । अभिताभका २६ स्टाफहरुको पनि कोरोना परिक्षण गरिएको छ । तर सबैको रिपोर्ट नेगेटिभ देखिएको छ ।

यस क्रममा उनले आफ्नो इंस्टाग्राममा एक पोस्ट गरेका छन । जसमा भनेका छन, ‘६ प्रकारका मानिससँग दुरी बनाएर बस्नुभयो भने तपाईँ, सुखी र खुशी रहनुहुनेछ ।’ कस्ता खाले ६ प्रकारका मानिससँग दुरी बनाएर बस्ने त ?

अमिताभले दुरी कायम गर्न सिफारिस गरेका ६ प्रकारका मानिसहरुको । उनले आफ्नो इन्टाग्राममा संस्कृत श्लोकमा लेखेका छनः ‘सबैसँग ईष्र्या गर्ने, घृणा गर्ने, असन्तोषी, क्रोधी, सँधै शंका गर्ने र परायाको आश्रयमा जिउनेहरु सँधै दुःखी हुन्छन । त्यसैले सकेसम्म यस्तो प्रवृतिका मानिसबाट बच्नुहोला ।’