विश्वभर कोरोनाबाट ६ लाखभन्दा बढीको मृत्यु, नेपालमा शनिबार थपिए ५७ जना संक्रमित

काठमाडौं । नेपलामा पछिल्लो २४ घन्टामा जम्मा ५७ जनामा मात्रै कोरोना संक्रमण देखिएको छ । योसँगै संक्रमितको संख्या १७ हजार पाँच सय दुई पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्‍वर गौतमले बताएका छन ।

हालसम्म संक्रमितको संख्या १७ हजार नाघे पनि अधिकांश निको भइसकेका छन । मुलुकभर आजको दिनमा पाँच हजार आठ सय २५ संक्रमित मात्रै उपचाररत रहेको प्रवक्ता डा गौतमले बताए ।

विश्वमा मृत्यु हुने ६ हजार नाघे
कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ६ लाख नाघेको छ । अमेरिकाको जोन हकिङ्स विश्वविद्यालयले विश्वभर मृत्यु हुनेको संख्या ६ लाख करिब ३ हजार पुगेको जनाएको हो । वर्ल्डोमिटरका अनुसार कोरोनाबाट करिब ६ लाख मानिसको मृत्यु भइसकेको छ ।

संक्रमितको संख्या १ करोड ४२ लाख १५ हजार ८ सय भन्दा बढी छ । यतिबेलासम्ममा विश्वभरमा लगभग ८४ लाख ८२ हजार जना उपचारपछि निको भइसकेका छन् । कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिका बनेको छ ।

अमेरिकामा संक्रमित ३८ लाख हाराहारी पुगेका छन । एक लाख ४२ हजारभन्दा बढीको ज्यान गइसकेको छ । ब्राजिलमा ७८ हजारको मृत्यु भइसकेको छ भने २० लाख संक्रमित पुगेका छन् ।

संक्रमणमा तेस्रो स्थानमा रहेको भारतमा साढे १० लाखको हाराहारीमा संक्रमण पुगेका छन । यहाँ मृतकको संख्या २६ हजार नाघेको छ ।