प्युठानमा ट्र्याक्टर दुर्घटना, सात जनाको मृत्यु

प्युठान । प्युठानमा गए राती भएको ट्र्याक्टर दुर्घटनामा सात जनाको मुत्यु भएको छ । स्वर्गद्वारी नगरपालिका–३ रुमालेमा गएराति पौने एक बजेतिर भएको लु २ च ४२३४ नंको ट्र्याक्टर दुर्घटना सात जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता तथा प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले अक्षरपाटीलाई बताए ।

स्वर्गद्वारी धरमपानीबाट भिङ्ग्रीतर्फ आउँदै गरेको ट्र्याक्टर दुर्घटना भएको हो । भिङग्री–स्वर्गद्वारी सडकखण्डमा काम गर्ने कामदार बोकेर हिँडेको ट्र्याक्टर सडकबाट पाँच सय मिटर तल खसेको सूचना अधिकारी प्रहरी निरीक्षक पौडेलले बताए ।

पानी परिरहेको र राती भएकाले उद्धारमा केही कठिनाइ भएको बताइएको छ । उनका अनुसार मृत्यु भएका सबैको सनाखत गर्ने काम भइरहेको छ ।