ठोरीस्थित सीमास्तम्भ उखेल्यो भारतले !

काठमाडौं । ठोरीस्थित सीता गुफानजिकै रहेको सीमास्तम्भ भारतीयले उखेलेर फ्याँकिदिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले राम जन्मभूमि पर्साको ठोरीमा रहेको भनेपछि एकाएक चर्चामा तथा बिवादमा आएको उक्त क्षेत्रमा रहेको सीमास्तम्भ शनिबार भारतीय पक्षले उखेलेर फालेको स्थानीयले बताएका छन ।

शनिबार ठोरी गाउँपालिकाले भव्य कलशयात्रासहित सीता गुफामा पूजाअर्चना कार्यक्रम आयोजना गरेको थियो । पूजा कार्यक्रम सकिएलगत्तै गुफा क्षेत्रबाट स्थानीय फर्किएको केही समयमा नै भारतीय पक्षले ४३६ नम्बरको सीमास्तम्भ उखेलेर फ्याँकेको बताइएको छ ।

नेपालतर्फ पर्ने सीता गुफाभन्दा करिब ८ मिटर दक्षिणतर्फ डाँडामा रहेको ४३६ नम्बरको सीमास्तम्भ उखेलिएको अवस्थामा फेला परेको ठोरीस्थित सशस्त्र प्रहरीको बिओपीका प्रहरी निरीक्षक दीपक दाहालले जानकारी दिए ।

तस्बिर सांकेतिक