० सुधा शाह
कहाँ छ होला त्यो स्वर्ग, कसलाई थाहा छ
कुन्नि किन हो, मलाई खुब जान्ने चाहा छ
भन्नेले जति नराम्रो नै, भने पनि उसलाई
मेरो नजरमा सँधै ऊ, खास छ आहा छ
जुन दिन मेरो सारा, खुशी लुटिलग्यो नि
त्यस दिनदेखि दैवप्रती, पनि साह्रै डाहा छ
नाता साइनो एक जन्ममै, टुटी गए पनि
अर्को जन्म पनि उसलाई, पाउने चाहा छ
हराउँदै कल्पनाको, त्यो रंगिन संसारमा
सम्झिएर मायालुलाई, दिन रात स्वाहा छ
पीडामा रुँदै दिन बिताउने, भएकी छु म त
तर शत्रुको अनुहार भने, खुसीले हाहा छ
(रुकुमकोट, हालः नेपालगन्ज)