गोदावरीका प्रशासकीय अधिकृत र सबइञ्जिनीयर घुस लिएको आरोपमा पक्राउ

गोदावरी । गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैसी र सबइञ्जिनीयर किशोर मोक्तान एक लाख ५० हजार घुस लिएको आरोपमा पक्राउ परेका छन् ।

दिउँसो १ बजे अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले विकास निर्माणकाृ काममा भुक्तानी लिएको अभियोगमा नगरपालिकाको कार्यकक्षबाटै अभियुक्तद्वयलाई नियन्त्रणमा लिएको आयोगका प्रवक्ता तारानाथ अधिकारीले मिडियालाई बताएका छन ।