भण्डारीका क्रियाकलापले राष्ट्रपति नेकपाको मात्रै भएको सन्देश गयोः कोइराला

काठमाडौं । कांग्रेस महामन्‍त्री शशांक कोइरालाले राष्ट्रपति विद्यादेवी भण्डारीका क्रियाकलापले उनी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को मात्रै राष्ट्रपति भएकोजस्तो सन्देश गएको बताएका छन । उनका कारण गणतन्‍त्रभन्दा राजतन्‍त्र नै ठिक भन्नेको मत बढ्दै गएको विचार पनि व्यक्त गरे ।

बीपी कोइरालाको ३८ औँ स्ृमति दिवसका अवसरमा बीपी कोइराला युवा नेतृत्व विकास मञ्‍चले गरेको ुभर्चुअलु कार्यक्रममा महामन्त्री कोइरालाले राष्ट्रपति भण्डारीका क्रियाकलाप देखेर आमनागरिकमा कमसेकम राजा त तटस्थ हुन्थे भन्‍ने भावना बढ्दै गएको बताए । महामन्त्री कोइरालाले कांग्रेसको आगामी महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवा इतरको समूहबाट एकजना मात्र सभापतिको उम्मेदवार हुने जिकिर समेत गरे ।

उनले आफूहरुको समूहबाट सभापतिको उम्मेदवारबारे छलफल भइरहेको बताए । उनले काँग्रेसलाई बलियो बनाउन हरेकले ुम होइन हामीु भनेर लाग्‍नुपर्ने बताए ।

कांग्रेसको नेतृत्व परिवर्तनका लागि सबैले त्यागको भावना देखाउने बेला आएको पनि उनको भनाइ थियो ।