तोलामै ४ सयले बढ्यो सुनको मूल्य

आज नेपाली बजारमा सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बजारमा छापावाला सुन प्रतितोला ९२ हजार ७ सय रुपैयाँ पुगेको छ ।

सोमबार बजारमा छापावाला सुन प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा किनबेच भएको थियो । यसअघि असार ३१ गते तोलाको ९२ हजार ८ सय रुपैयाँमा किनबेच भइ सुनको मूल्यले नयाँ रेकर्ड बनाएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुरक्षित लगानीको साधन सुनतर्फ लगानीकर्ताको आकर्षण बढेपछि नेपाली बजारमा सुनको मूल्यले लगातार रेकर्ड बनाइरहेको छ । मंगलबार तेजावी सुन प्रतितोला ९२ हजार २ सय ६० रुपैयाँका किनबेच भइरहेको छ ।

महासंघले चाँदीको मूल्य तोलामा चालिस रुपैयाँले बढेर प्रतितोला एक हजार चालिस रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।