आज थपिए १५० संक्रमितम, कुन जिल्लाका कति ?

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १५० जनामा कोरोना संक्रमित थपिएका छन् । विभिन्न २७ प्रयोगशालामा गरिएको परिक्षणमा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसा आज थपिएकासँगै नेपालमा सङ्क्रमितको कूल संख्या १७ हजार ९९४ पुगेको छ ।

आज सबैभन्दा बढी धनुषामा २९ जनामा सङ्क्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकामा नौ सङ्क्रमित थपिएका छन् । यस्तै कञ्चनपुरमा २०, महोत्तरीमा १४, दैलेखमा १०, काठमाडौं र उदयपुरमा आठ–आठ, चितवन र मकवानपुरमा पाँच–पाँच, बझाङ र डोटीमा चार–चार, मोरङ, गोरखा, म्याग्दी, स्याङ्जा, बागलुङ, बाँके, सर्लाही, दाङ र कैलालीमा तीन–तीन जना सङ्क्रमित थपिएका छन् ।

यस्तै झापा, इलाम, पर्सा, रामेछाप र सल्यानमा दुई–दुई तथा सप्तरी, काभ्रेपलाञ्चोक, कैलाली, नुवाकोट, ललितपुर, नवलपरासीमा एक–एक सङ्क्रमित थपिएका छन् ।