राती १२ बजेदेखि लकडाउन खोल्ने निर्णय

काठमाडौँ । सोमबार बसेको मन्त्रीपरिषद बैठकले मंगलबार राती १२ बजेदेखि लागु हुनेगरी लकडाउन खोल्ने निर्णय गरेको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले बताए ।

कोरोना भाइरसले विश्वव्यापी रुपमा महामारीको रुप लिएपछि गत चैत ११ देखि लकडाउन घोषणा गरिएको थियो ।

लकडाउन अन्त्य भएपनि काेराेना भाइरसकाे राेकथाम र नियन्त्रणका लागि ताेकिएकाे मापदण्ड भने पालना गर्नुपर्ने उनकाे भनाइ छ ।

उनका अनुसार लकडाउन अन्त्य आजैदेखि भएपनि होटल तथा रेष्टुरेण्टहरु साउन १५ देखि, विद्यार्थी भर्ना भदौ १ देखि मात्र हुने छन् । त्यस्तै सार्वजनिक, निजी, यात्रुवाहक सवारी सञ्चालन तथा पर्वताराेहण बुकिङ पनि भदौ १ देखि मात्र हुने छ ।

यस्तै भदौ १ देखि नै आन्तरिक र बाह्य व्यवसायिक हवाइ उडान खुला गर्ने निर्णय पनि सरकारले गरेको छ ।लागु हुनेगरी लकडाउन खोल्ने निर्णय गरेको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले बताए ।

कोरोना भाइरसले विश्वव्यापी रुपमा महामारीको रुप लिएपछि गत चैत ११ देखि लकडाउन घोषणा गरिएको थियो ।

लकडाउन अन्त्य भएपनि काेराेना भाइरसकाे राेकथाम र नियन्त्रणका लागि ताेकिएकाे मापदण्ड भने पालना गर्नुपर्ने उनकाे भनाइ छ ।

उनका अनुसार लकडाउन अन्त्य आजैदेखि भएपनि होटल तथा रेष्टुरेण्टहरु साउन १५ देखि, विद्यार्थी भर्ना भदौ १ देखि मात्र हुने छन् । त्यस्तै सार्वजनिक, निजी, यात्रुवाहक सवारी सञ्चालन तथा पर्वताराेहण बुकिङ पनि भदौ १ देखि मात्र हुने छ ।

यस्तै भदौ १ देखि नै आन्तरिक र बाह्य व्यवसायिक हवाइ उडान खुला गर्ने निर्णय पनि सरकारले गरेको छ ।