कोरोनाबाट थप एकजनाको मृत्यु

काठमाडौं । कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ ।

कोरोनाको संक्रमणपछि धरानस्थित विपि कोइराला विज्ञान प्रतिष्ठानमा उपचाररत महोत्तरीको महोत्तरी गाउँपालिकाका ६४ वर्षीय पुरुषको मृत्यु भएको हो ।

उनको मंगलबार राति मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।

कोरोनाबाट मृत्यु भएका पुरुष क्यान्सर रोगी थिए । उनी क्यान्सरको चौथो स्टेजमा रहेका थिए ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४१ पुगेको छ।