चीनले कोरोनाविरुद्ध खोपको अनुसन्धान ह्याक गर्न खोजेको अमेरिकाको आरोप

बिबिसी । अमेरिकाले चीनविरुद्ध कोरोनाको खोप अनुसन्धान ह्याक गर्न खोजेको गम्भीर आरोप लगाएको छ । कोरोनाविरुद्ध खोप बनाउने प्रयास गरिरहेका कम्पनीलाई निशाना बनाइरहेका ह्याकरलाई चीनले सहयोग गरिरहेको अमेरिकाको आरोप छ ।

अमेरिकी अधिकारीले दुई चिनियाँ नागरिकले कोरोनाविरुद्ध खोपको अनुसन्धान गरिरहेको आफ्नो देशको कम्पनीलाई ह्याक गर्न खोजिरहेको आरोप लगाएका हुन् ।

पछिल्लो हप्ता यूके, अमेरिका र क्यानडाले रुसविरुद्ध कोरोना खोप विकाससँग सम्बन्धित अनुसन्धानको ज्ञान चोरेको आरोप लगाएका थए ।

अहिले अमेरिकाले जुन दुई चिनियाँ नागरिक (ली सियाओयु र डन्ग जियाजी) लाई अनुसन्धानमा ह्याक गर्न खोजेको आरोप लगाएको हो ।

उनीहरू पहिले इलेक्ट्रिकल इन्जिनियरका विद्यार्थी थिए । अमेरिकाले उनीहरूविरुद्ध व्यापारको सूत्र पनि चोरी गरेको आरोप लगाएको थियो ।

मेरिकाका अनुसार यी दुई चिनियाँ नागिरकले अहिले अस्ट्रेलिया, बेल्जियम, जर्मनी, जापान, नेदरल्यान्ड्स, स्पेन, स्विडेन र ब्रिटेनका कम्पनी र बायोटेक फर्मलाई निसाना बनाइरहेका छन्, जुन कम्पनी कोरोनाविरुद्ध खोप विकासमा जुटिरहेका छन् ।