गोदावरीका केही घर जोखिमा

ललितपुर । सोमबार र मंलबार दुई दिन आएको अविरल वर्षाका कारण गोदावरी नगरपालिकाका भित्री सडक अवरुद्ध हुनुका साथै केही घर जोखिममा परेका छन् । अवरुद्ध सडक र जोखिममा परेका घरको भने लागत सङ्कलन गर्ने काम भइरहेको नगरपालिकाका सम्बन्धित व्यक्तिले जनाएका छन् ।

गोदावरी–१ गोदामचौर छिर्ने हाँडीगाउँ सडक अवरुद्ध हुँदा हाल दैनिक यात्रामा समस्या भइरहेको वडाध्यक्ष हरिहर कार्कीले बताए । उनले भने, ुयहाँको एक घरमा पहिराले असर गरेको छ । धानबालीमा पानीको भेल पस्दा केही धानखेतमा नोक्सान गरेको छ ।ु मूलपानी चउर नजिकै रहेको सिद्धीगणेश मन्दिरको जमिन बाढीले भासेर समस्या भइरहेको कार्कीले जानकारी गराए ।

ललितघुम्ती सडक ठाउँठाउँमा पहिरो खसेर विशङ्खुनारायण थानका केही स्थानमा असर परेको नं २ का वडाध्यक्ष देवेन्द्रकुमार बस्नेतले बताउनुभयो । उनले भने, ुयही असार ५ गते आएको पानीको भेलले केही स्थानका जमिन कटान गरी जताततैबाट बाटो बनाएर बग्दा २० देखि २५ घरपरिवारलाई क्षति पु¥याएको छ ।ु

साविकको गोदावरी नहर क्षेत्रमा सडक भत्किएर आवतजावतमा समस्या भइरहेको नं ३ वडाध्यक्ष बालमुकुन्द घिमिरे बताउनुभयो । उनले भने, ुखोलाको पानीले नजिकै रहेको धानखेत छिचोलेर बग्दा केही धानबाली नोक्सान भएका छन् ।ु लेले थापागाउँका पाँच घरपरिवार विस्थापित हुने भएका नं ५ का वडाध्यक्ष मिलन सिलवालले बए । उनले भने, ुपानीको भेलले सडकका ग्राभेल बगाउनुका साथै लेले भञ्ज्याङ छिर्ने मुख्य सडकमा नै माटो खसेर अवरुद्ध भइरहेको छ । ु

देवीचौरका ३ देखि चार घर बस्न नहुने अवस्थामा पुगेका नं ७ वडाध्यक्ष गिरिप्रसाद तिमिल्सिनाले बताउनुभयो । उनले भने, ुयसका अलवा यहाँका अन्य थप १२ घर चर्किएका छन् ।ु गाउँमा रहेको तरकारी संकलन केन्द्रमा लगाएको तारजाली पानीले बगाउँदा पुनःहाल्नुपर्ने भएको तिमिल्सिनाले जानकारी दिए ।

छम्पीका चारदेखि पाँच घर पहिराका कारण धरापमा परेका ९ नं का वडाध्यक्ष आत्माराम थापा क्षेत्रीले बताउनुभयो । उनले भने, ुयहाँका सिँचाइ क्षेत्रमा पहिरो खसेर पुरिएको छ ।ु गत सोमबारको वर्षाले चापागाउँ केही क्षेत्रमा माटो खासाल्नुका साथै बाली नोक्सान गरी कुखुराको टहरासमेत भत्काएको नं १० का वडाध्यक्ष दर्शनकुमार विष्टले बताए ।