कर्णालीमा विभिन्न विपद्मा परी २५ को मृत्यु

सुर्खेत । विभिन्न प्राकृतिक विपद्मा परी कर्णालीमा २५ जनाको मृत्यु भएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार वैशाख १ गतेदेखि यता बाढीपहिरो, चट्याङ जस्ता विपद्मा परी २५ जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोलाका अनुसार जाजरकोटमा १३, सल्यान र रुकुमपश्चिममा चार÷चार जना रकालीकोट तथा सुर्खेतमा दुई÷दुई जनाको मृत्यु भएको छ ।

हालसम्म कर्णालीमा दुई सय ८४ वटा घरमा क्षति पुगेको छ । प्राकृतिक विपद्का कारण यस अवधिमा करिब छ करोड ६५ लाख ५३ हजार सात सय ९० भौतिक सम्पत्तिमा क्षति भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।