प्युठानमा ३३२ कोरोना पोजेटिभक

प्युठान । प्युठानमा हालसम्म तीन सय ३२ जना कोरोना पोजेटिभ एभएको बताइएको छ । बुधबार अबेर जिल्ला प्रहरी कार्यालय प्युठानले सार्वजनिक गरेको विवरण अनुसार हाल प्युठानमा होम क्वारेन्टिन र क्वारेन्टिनमा गरेर पाँच सय ५४ जना रहेका छन ।

२४ घन्टामा २७ जना क्वारेन्टिनमा थपिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आईसुलेसनमा बस्नेहरुको संख्या ६ छ भने प्युठानमा आइसुलेसन बेड संख्या चार सय पाँच रहेको छ ।

प्युठानमा बैशाख १ यता भारतबाट फर्कनेको संख्या नौ हजार दुई सय ४७ पुगेको छ भने तेस्रो मुलुकबाट दुई सय ३६ जना जिल्ला भित्रिएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले जानकारी दिएक छन ।