फेसनप्रेमीको मन जित्दै ‘ईन्ता अटायर’

चाडवाडमा विशेष उपहार

काठमाडौं । स्थापनाको छोटो समयमै फेशन प्रेमीको मन जित्न सफल ‘ईन्ता अटायर’ले तिज, दसैं र तिहारमा विशेष गिफ्ट ह्याम्पर योजना ल्याएको छ । काठमाडौंको छापोखरीमा स्थापना भएको ‘ईन्ता अटायर’ सर्वसाधारणदेखि सेलेब्रेटिहरुको रोजाइमा परेको बुटिकका रुपमा चिनिन थालेको छ ।

बालबालिकादेखि पाको उमेरसम्मकाहरुको लागि आकर्षण ड्रेस डिजाईन गरेर आफ्नो शिप र कलालार्इ लोकप्रिय बनाउँदै आएकी फेसन डिजाइनर ईन्ता श्रेष्ठले हरेक उमेर समूहका महिला तथा पुरुषको ड्रेस डिजाइन गरेर सेवा प्रदान गर्दै आएकी छिन । कलाकार, राजनीतिकर्मी, ब्यबसायीदेखि आम मानिसका लागि ड्रेस डिजाइन गरेर परिचय बनाएकी श्रेष्ठले आउदै गरेको हरितालिका तिज, दसैं तथा तिहारका लागि बिसेष छुटको अफर पनि ल्याइएको अक्षरपाटीलाई बताइन ।

उमेर, पेसा, शारीरिक बनावट, रङलाई ध्यान दिएर गरिने फेसनले मानिसको व्यक्तित्वमा निखारता ल्याउउने भएकाले आफूले यी कुरालाई ध्यान दिएर डिजाइन तयार पार्ने गरेको उनले बताइन । हरेक मानिस स्मार्ट देखिन चाहने भएकाले त्यसलाई सघाउँदै नेपाली फेसनलार्इ अन्तर्राष्ट्रियकरण गर्ने कोसिसमा आफू लागेको डिजाइनर श्रेष्ठले बताइन ।

नेपालमा पनि मानिसहरुमा फेसन प्रति सचेतना बढ्दै गएकाले यो व्यवसाय नेपालमा फस्टाउँदो अवस्थामा रहेको उनले बताइन । केही वर्षदेखि यो व्यवसाय थुप्रै युवा पुस्ताका लागि स्वरोजगारको माध्यम र राम्रो गर्नेका लागि पहिचान पनि बन्न थालेको डिजाइनर श्रेष्ठ बताउँछिन।

आफ्नो बुटिकमा बन्ने पहिरनको गुणस्तर र फिनिसिङ विशेष खालको हुने भएकाले धेरैको आकर्षण बढेको उनले बताइन । डिजाइनरको कलालाई ड्रेसमार्फत देखाइने भएकाले बुटिकमा बनेका कपडाप्रति आकर्षण बढेको उनको ठम्याइ छ ।

ग्राहकको रुचि र इच्छालार्इ ध्यान दिएर आफूले सर्वसुलभ रुपमा डिजाइनदार कपडा उपलब्ध गराउने गरेको उनले बताइन । ‘ईन्ता अटायर’की संचालिका ईन्ता श्रेष्ठ डिजाइनर मात्र नभएर तारकेश्वर ११ नेपालटारमा रहेको छिमेकी बचत तथा ऋण सहकारी संस्थाको प्रबन्धक पनि हुन । उनी लायन्स क्लबमा समेत आबद्ध छिन। एक वर्षदेखि सञ्चालनमा ल्याइएको ‘ईन्ता अटायर’ बुटिक आइईसी सर्टिफाइड बुटिक भएको उनले बताइन ।