अमेरिकामा एकै दिन थपिए ६९ हजार संक्रमित

काठमाडौं । अमेरिकामा एकै ६९ हजारभन्दा बढीमा कोरोना भाइरसका संक्रमित फेला परेका छन् ।

करिव ७ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा एकै दिन ६९ हजार ११६ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या ४१ लाख ६९ हजार ११६ पुगेको छ ।

यस्तै एकै दिन १ हजार १५० जनाको संक्रमणका कारण ज्यान गएको छ । आजसम्म कोरोनाबाट मृत्यु हुनेको कूल संख्या १ लाख ४७ हजार ३३३ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म १९ लाख ७९ हजार ६१७ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका २० लाख ४३ हजार ४१ जनामध्ये १९ हजार १५५ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।