जाम्बियाका १५ सांसद कोरोना सङ्क्रमित

एजेन्सी । जाम्बियाका १५ सांसद कोरोना भाइरसबाट सङ्क्रमित भएको पुष्टि भएको छ । देशका एक सय ५६ सांसदहरुको स्वास्थ्य परीक्षण गर्दा उनीहरुमा सङ्क्रमण देखिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ ।

स्वास्थ्यमन्त्री चितालु चिलुफ्याले सङ्क्रमण पुष्टि भएका सवै सांसदलाई सम्पर्क गरेर आइसोलेसनमा राखिएको जानकारी दिएका छन । उनका अनुसार सङ्क्रमित कुनै पनि सांसद गम्भीर अवस्थामा नरहेको बताएका छन ।

संसद सचिवालयमा कार्यरत अरु १५ जना कर्मचारीमा पनि कोरोना सङ्क्रमण देखिएको बताइएको छ । जाम्बियामा पछिल्लो २४ घण्टामा एक सय ५४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । यो सँगै देशभरी कुल सङ्क्रमितको सङ्ख्या तीन हजार आठ सय ५६ पुगेको छ ।

कोरोनाका कारण जाम्बियामा शुक्रबारसम्म आठ सय ३५ जनाको मृत्यु भएको छ ।