जुममार्फत काँग्रेसको प्रशिक्षण कार्यक्रम

ओखलढुंगा । नेपाली काँग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले जुममार्फत प्रशिक्षण कार्यक्रमको थालनी गरेको छ । गत साल वाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश, ५ नम्वर प्रदेश गरी महाधिवेशन प्रतिनिधिलाई प्रशिक्षण सम्पन्न गरेको थियो ।

गत चैतमा सम्पन्न गर्ने लक्ष्यका साथ कार्यक्रम तयारी भए पनि लकडाउनका कारण १, २ र सुदूर पश्चिम प्रदेशको प्रशिक्षण हुन सकेको थिएन । परिस्थितिअनुसार बाँकी प्रदेशको प्रशिक्षण कार्यक्रम जुममार्फत नै गर्ने निर्णय प्रतिष्ठानले गरेको हो ।

सोही बमोजिम ओखलढुंगाका महाधिवेशन प्रतिनिधिहरुका लागि साउन १० गते प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । प्रशिक्षण कार्यक्रमको उद्घाटन प्रतिष्ठान प्रमुख एवम् केन्द्रीय उपसभापति श्री विमलेन्द्र निधिले गरेका थिए । उनले कांग्रेसलाई थप सशक्त बनाउन प्रशिक्षणलाई निरन्तरता दिइने बताए ।

ुपार्टीका सिद्धान्त, नीति र कार्यक्रमहरुलाई सदस्यहरु माझ पु¥याउने र सदस्यहरु मार्फत नागरिक मतदातालाई बुझाउनसके कांग्रेस भविष्यमा थप सशक्त हुनेछ,ु निधिले भने ।

प्रतिष्ठानका कार्यकारी निर्देशक प्रा पुरुषोत्तम दाहालले नयाँ पुस्तालाई राजनीतिप्रति आकर्षित गर्नुपर्ने, लोकतन्त्रप्रति विश्वस्त जगाउनुपर्ने र कांग्रेसलाई भरपर्दो बनाउनु पर्ने लक्ष्य प्रशिक्षणको रहेको बताए

ओखलढुंगा पार्टी सभापति प्रदीप सुनुवार, संविधानसभा सदस्य रामहरि खतिवडा, प्रदेश सभा उमेदवारहरु मित्रसेन दाहाल र बालकृष्ण दाहालले समेत मन्तव्य राखेका थिए ।