क्यान्सर पीडित नानुलाई उपचार सहयोग

काठमाडौं । आर्थिक अभावमा उपचारमै समस्या भएकी वलेफी– ६ मांखाकी क्यान्सर पीडित नानु तामाङको उपचारका लागि थोरै भए पनि सहयोग जुटेको छ । लामो समयदेखि उपचाररत नानुको उपचारमा कुपकन्या कृषि सहकारिका अध्यक्ष तेजबहादुर पराजुली र माङ्खा काठमाडौं सम्पर्क समाजका अध्यक्ष कृष्ण कोपिलाले एक लाख चार हजार सहयोग हस्तान्तरण गरेका हुन् ।

सिन्धुपाल्कोक दक्षिण कोरिया समाजका तर्फबाट वेदनाथ आचार्यमार्फत ५२ हजार र बाँकी दुवै संस्थासम्बद्ध सदस्यबाट सहयोग संकलन गरिएको माङ्खा काठमाडौं सम्पर्क समाजका अध्यक्ष कृष्ण कोपिलाले बताए ।

‘गत वर्ष पेटमा ट्युमर भएर अप्रेसन गरिएकी नानुको आन्द्रामा क्यान्सर समेत भएको थाहा भए पनि उनी एक वर्षदेखि उपचाररत छिन । नानुले दुखेसो राखिन, ‘एक वर्ष निरन्तर उपचार गर्दा सात लाख सकियो । अब उपचार गर्नसक्ने अवस्था छैन । यो रकमले थोरै भए पनि उपचारमा सहज भएको छ ।’

उपचारमा अझै रकम अपुग हुने पीडित परिवारले जनाएको छ । उनीहरुले आर्थिक सहयोगका लागि ९८१३४५४७३९ नम्बरमा सम्पर्क गरिदिन पनि अपिल गरेका छन ।