सुनको मूल्य लाख नजिक

काठमाडौं । सुनको मूल्य अहिलेसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार पछिल्लो समय सुनको मूल्य लगातार उकालो लागिरहेको छ ।

सुनको मूल्यमा आज १ हजार २ सय रुपैयाँ वृद्धि भई नयाँ रेर्कड कायम भएको हो ।

आज १ हजार २ सय रुपैयाँले बढेर तोलाको ९७ हजार ५ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ । तेजाबी सुनको मूल्यपनि बढेर ९७ हजार ६० रुपैयाँ पुगेको छ ।