सम्बन्ध प्रगाढ बनाउने तीन शुत्र

एजेन्सी । प्राय युवतीहरु आफ्ना जीवन साथीमा राम्रो बानीव्यहोरा भएको रुचाउँछन । यिनै बानीलाई नियालेर युवतीहरु युवाप्रति आकर्षित हुन्छन ।

रिलेशनशिमा आउनुभन्दा पहिला युवतीहरु युवाको व्यक्तित्वका बारेमा सबै कुरा जानेर मात्र जोडिन चाहन्छन । युवतीहरुलाई युवामा भएका खास त्यस्ता के बानीव्यहोरा मन पर्छन ? त्यसबारे यहाँ चर्चा गरिएको छ ।

युवतीहरुलाई त्यस्ता युवा मन पर्छन, जसको सेन्स अफ ह्युमर राम्रो हुनेगर्छ । त्यो किन भने त्यस्ता व्यक्ति आफू पनि खुशी हुन्छन र आसपासका मानिसलाई पनि खुशी राख्न सफल हुन्छन । त्यस्ता युवामा कुनै पनि अवस्थामा खुशी राख्नसक्ने क्षमता हुने विश्वास युवतीमा हुन्छ ।

युवतीलाई त्यस्ता युवा मन पर्छन जो समझदारीले काम लिन्छन । युवतीहरुका ठहर छ कि त्यस्ता युवाहरु सानातिना कुरा, झर्कोपर्कोलाई नजरअन्दाज गरिदिन्छन । जसले परिवारमा कलहको सम्भावना निकै कम हुन्छ । युवतीलाई त्यस्ता युवा पटक्कै मन पर्दैनन, जो सानातिन कुरामा पनि चासो राख्ने गर्छन ।

० युवतीलाई सहयोगी भावना भएका युवा निकै मन पर्छन । यस्ता युवा महिलाको भावनाको सम्मान गर्न जान्छन भन्ने विश्वास युवतीलाई हुन्छ । जो युवा सबैको मद्दत गर्न जान्छन त्यस्ता युवाले आफ्नो पार्टनरसँग प्रेमपूर्वक व्यवहार नै गर्छन भन्ने विश्वास युवतीमा हुनेगर्छ ।

युवतीहरु इमान्दार पुरुषलाई बढी मन पराउँछन । हरेक महिलाको चाहना हुन्छ कि उसको पुरुष इमान्दार होस । एक असल सम्बन्धका लागि इमान्दारिता निकै महत्वपूर्ण पक्ष मानिन्छ ।

० युवतीहरु विश्वासिलो पार्टनरको चाहना राख्छन । कुनै पनि सम्बन्ध जोडनु अघि युवतीहरु यो कुराको निकै ख्याल गर्छन कि उसको हुनेवाला पार्टनर कति विश्वासिलो छ । भरोसा नाता सम्बन्धको मियो जस्तै हो ।