पर्सामा दुई चिकित्सकसहित १५ जनामा संक्रमण पुष्टि

वीरगन्ज । पर्सामा दुई चिकित्सकसहित १५ जना कोरोना संक्रमित थपिएका छन् । नारायणी अस्पतालको प्रयोगशालामा सोमबार राति गरिएको परीक्षणमा २ चिकित्सकसहित थप १५ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेमा १३ जना पर्सा, एक जना बारा र एक जना इलामका छन् । जिल्ला प्रहरी कार्यालय पर्साका एक जना थुनुवामा समेत संक्रमण पुष्टि भएको छ ।

संक्रमित दुवै चिकित्सक नारायणी अस्पतालकै हुन् । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायका अनुसार एक महिलासहित थप १५ जनामा संक्रमण पुष्टि भएको हो ।