विप्लवका चितवन इञ्चार्जसहित पाँचजना पक्राउ

काठमाडौं । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका चितवन इञ्चार्जसहित पाँच जना पक्राउ परेका छन् ।

चितवनबाट‌ जिल्ला इन्चार्ज लालबहादुर विसी, दलित मुक्ति मोर्चाका केन्द्रीय महासचिव रामलाल विक, होमबहादुर खड्का, भीमबहादुर श्रेष्ठ र दानबहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेकाहरूमाथि अनुसन्धान थालिएको वागमती प्रदेश प्रहरी प्रमुख डिआइजी वसन्तकुमार लामाले जानकारी दिए ।