दार्चुलामा पहिरोमा पुरिए एक दम्पत्ति, खोजि कार्य हुँदै

काठमाडौं । दार्चुलामा एक दम्पत्ति पहिरोमा पुरिएको छ । जिल्लाको दहुँ गाउँपालिका–३, सल्लीमा पहिरोले घर पुरिँदा दुई जना बेपत्ता बनेका हुन् । पहिरोमा परि एकजना भने भागेर ज्यान बचाउन सफल भएका छन् ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार गएराति पहिरो खस्दा घरमा रहेका ५० वर्षीय रामदत्त जोशी र उनकी ४५ वर्षीया पत्नी इन्द्रा पुरिएका हुन् ।

२१ वर्षीय छोरा सुनिल भने भागेर जोगिन सफल भएका छन् । पहिरो जाँदा जाँदै भागेर आफू बाँच्न सफल भएको उनले बताए । बेपत्ता दम्पत्तिको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।