फेरि पनि स्थगित नेकपा स्थायी कमिटी बैठक

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।

पार्टीमा लामो समयदेखि जारी राजनीतिक गतिरोधलाई मूर्त रूप दिन आज बिहान बस्ने भनिएको बैंठक अनिश्चित कालका लागि स्थगित भएको हो ।

आज (मंगलबार) बिहान ११ बजेका लागि तय भएको अर्को सूचना नआएसम्मका लागि स्थगित भएको एक स्थायी कमिटी सदस्यले बताए । ‘अब अर्को बैठक कहिले बस्छ टुंगो छैन’, उनले भने ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकारका अनुसार सुर्य थापाका अनुसार पनि दुई अध्यक्षबिच परामर्श हुन बाँकी तथा सचिवालय बैठकको निर्णय र निर्देशन बमोजिम प्रस्ताव गर्न बाँकी रहेको हुँदा बैठक स्थगित गरिएको हो ।