देशभर थपिए ३ सय ११ जना कोरोना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ सय ११ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशका विभिन्न प्रयोशालामा गरिएको परीक्षणमा ३ सय ११ जनामा कोरोना पुष्टि भएको छ । देशभर ५ हजार ३२ जनामा गरिएको परीक्षणमा ३ सय ११ जना नयाँ संक्रमण थपिएका हुन् ।

योसँगै नेपालमा संक्रमितको सख्या १९ हजार ६३ पुगेको छ । आज १ सय २१ जना संक्रमणमुक्त भएका छन् ।