काठमाडौंमा थपिए २४ घन्टामा ५३ जना कोरोना संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन ५३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं ४८, ललितपुरमा ४ र भक्तपुरका एक जनामा गरी ५३ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै काठमाडौं उपत्यका प्रवेश गर्ने नाकामा स्वाब संकलन गर्न थालिएको छ । मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार सबैभन्दा धेरै थानकोट नागढुंगा नाकामा २ हजार ९१४ नामको स्वाब संकलन गरिएको छ ।

यस्तै सांगामा ९४४ र फर्किङ नाकामा ९५३ जनाको स्वाब संकलन गरिएको छ । नाकामा संकलन गरिएका स्वाबको रिपोर्ट आउन भने बाँकी छ ।