सुदूरपश्चिममा थपिए ४२ कोरोना संक्रमित

कैलाली । सुदूरपश्चिम प्रदेशमा एकै दिन ४२ कोरोना संक्रमित थपिएका छन् । सेती प्रादेशिक अस्पताल धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा पछिल्लो २४ घन्टामा ४२ जनामा कोरोना पुष्टि भएको छ ।

मंगलबार गरिएको परीक्षणमा १५ महिला र २७ पुरुषमा गरी ४२ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टाभित्र १३४ जनाको कोरोना परीक्षण गरिएको थियो ।