विरासत छोडेर अन्तत: कांग्रेस भित्रिए सुनिल

काठमाडौं । राप्रपा र सुर्यबहादुर थापा एक अर्काका प्रयाय जस्तै थिए कुनै समय । तर, यतिबेला समय फेरिएको छ ।

बाबुको बिरासतमा टेकेर राप्रपाबाट मन्त्री समेत बनेका सुनिल थापाले केही दिन पहिले पार्टी परित्याग गरे । उनले पार्टी परित्याग गर्दै गर्दा थुप्रै टिप्पणी भए ।

अन्तत: आज उनी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । उनका बुवा स्वर्गीय सूर्यबहादुर थापाका पूर्व प्रधानमन्त्री समेत भइसकेका व्यक्ति हुन् ।

मंगलवार पार्टी मुख्यालय सानेपामा आयोजित विशेष कार्यक्रममा पार्टी सभापति शेरबहादुर देउवाले थापालाई स्वागत गरे ।

पार्टीमा स्वागत गर्दै देउवाले थापालाई उचित स्थान दिने समेत बताइसकेका छन् ।

पार्टी प्रवेश गर्दै थापाले भने- ‘आफ्नो बुवाको विरासत जोगाउन कांग्रेस प्रवेश गरेको हुँ ।’