गृहले माग्यो १७६ कर्मचारी

काठमाडौं । गृह मन्त्रालयले १७६ जना करारमा दर्ता अपरेटरको माग गरेको छ।

मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने कार्यक्रम अन्तर्गत घुम्ती सेवा सञ्चालनका लागि करारमा दर्ता अपरेटरको माग गरेको हो ।

नियुक्त भएका कर्मचारीलाई सप्तरी, सर्लाही र कास्कीमा खटाइने छ । १२ कक्षा पास गरेको र १८ वर्ष पूरा भएर ३५ वर्ष ननाघेकाहरूले दरखास्त दिन सक्ने छन्।

त्यस्तै दैनिक १२ सय पारिश्रमिक उपलब्ध गराइने र सार्वजनिक बिदामा पनि काम गर्नुपर्ने छ ।