विश्वभर कोरोना संक्रमित १ करोड ६६ लाख नाघ्यो

काठमाडौं । विश्वभर कोरोना संक्रमण हुनेको संख्या दिनप्रतिदिन बढ्दो क्रममा छ । हालसम्म विश्वभर कोरोना पुष्टि हुनेको संख्या एक करोड ६६ लाख नाघेको छ ।

बुधबार बिहानसम्म जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर संक्रमित संख्या १ करोड ६६ लाख ६२ हजार ४ सय ६२ जना पुगेको छ ।

संक्रमण पुष्टि हुनेको संख्या अमेरिकामा सर्वाधिक रहेको छ। अमेरिकामका संक्रमितको संख्या ४३ लाख ४७ हजार ७ सय १७ पुगेको छ। त्यस्तै ब्राजिलमा २४ लाख ८३ हजार १ सय १९, भारतमा १४ लाख ८३ हजार १ सय ५६ र रुसमा ८ लाख २२ हजार ६० जनामा संक्रमण पुष्टि भएको तथ्यांक रहेको छ।

त्यस्तै विश्वभर मृत्यु हुने कोरोना संक्रमितको संख्या ६ लाख ५८ हजार नाघेको छ ।

पछिल्लो तथ्यांक अनुसार ६ लाख ५८ हजार ८ सय ६१ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ।

अमेरिकामा १ लाख ४९ हजार २ सय ९, ब्राजिलमा ८८ हजार ५ सय ३९, बेलायतमा ४५ हजार ९ सय ६३, मेक्सीकोमा ४४ हजार ८ सय ७६, इटालीमा ३५ हजार १ सय २३ जनाको मृत्यु भएको छ।

विश्वभर ९७ लाख ३ हजार ४ सय ९८ जना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेको संख्या ब्राजिलमा सर्वाधिक रहेको छ।

बुधबार बिहानसम्मको तथ्यांक अनुसार ब्राजिलमा १८ लाख ६८ हजार ७ सय ४९ , अमेरिकामा १३ लाख ५५ हजार ३ सय ६८, रुसमा ६ लाख ११ हजार १ सय ९ जना संक्रमणमुक्त भएका छन्।

नेपालमा पनि १९ हजार ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये १३ हजार ८ सय ७५ जना संक्रमणमुक्त भएका छन् भने ४९ जनाको मृत्यु भएको छ।

भारतमा संक्रमितको संख्या १४ लाख ८३ हजार १ सय ५६ पुगेको छ। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या ३३ हजार ४ सय २४ पुगेको छ। भारतमा हालसम्म ९ लाख ५२ हजार ७ सय ४३ जना संक्रमित संक्रमणमुक्त भएका छन्।