नेतृ देउवाद्वारा तरुण दललाई सहयोग

काठमाडौं । समाजसेवी तथा काँग्रेस नेतृ डा आरजु राणा देउवाले नेपाल तरुण दल महानगरलाई पाँच हजार थान मास्क र दुई बक्सा साबुन प्रदान गरेकी छिन ।

सामग्री हस्तान्तरणका क्रममा नेतृ डा राणाले सबैलाई सुरक्षित रहन र समाजमा कोरोना महामारीबाट बच्न जनचेतना फैलाउन आग्रह गरेको कुरा तरुण दलका नेता तथा कोभिट अनुगमन समितिका सदस्य सरिन घिमिरेले बताए ।

नेतृ देउवाले आफू सुरक्षित रहेर कसरी हुन्छ समाजलाई पनि सुरक्षित रहने चेतना फैलाउन समाजमा जानका लागि तरुण युवाहरुलाई अपिल गरेकी थिइन ।