खीर खाने दिन, यी हुन् खीरका फाइदा

काठमाडौं । साउन १५ अर्थात आज खीर खाने दिन । साउन १५ मा खीर खाने चलनको विशेष सांस्कृतिक महत्त्व छ ।

खीरले मानिसमा रोगसँग लड्ने क्षमता बढाउने भएकाले पनि यसलाई विषेश भोजनका रुपमा लिइन्छ । गोठ धुप, देव र पितृ कार्यमा पनि खीर पाक्ने हुँदा सांस्कृतिक रूपमा पनि खीरलाई पवित्र भोजन मानिन्छ ।

खीरमा ल्वाङ, घ्यू, काजु, नरिवलका टुक्रा, दालचिनी, मरिच, केसर, दाख राख्ने गरिन्छ । ती सबै वस्तुमा औषधीय गुण छ र स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ ।

ल्वाङले पाचन प्रणाली तथा मरिचले श्वासप्रश्वास ठीक गर्छ । दालचिनीले फोक्सो सुनिन नदिने तथा पेटमा वायु फुलाउँदैन भने नरिवल वीर्यवद्र्धक, बलकारक, अम्लपित्तनाशक र हृदयलाई हितकारी मानिन्छ । खीरमा प्रयोग हुने वस्तुहरूमा रोगसँग लड्ने औषधीय गुण हुन्छ ।

हिन्दु धर्मावलम्बीका लागि साउन शिवपूजन महिना भएकाले कतिपयले एक महिनासम्म माछा–मासु नखाने चलन छ ।