वीरगञ्जमा चार स्वास्थ्यकर्मीसहित ५३ संक्रमित थपिए

जनकपुर । वीरगञ्जमा चार स्वास्थ्यकर्मीसहित ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा बुधबार गरिएको परीक्षणमा चारजना स्वास्थ्यकर्मीसहित ५३ जना कोरोना संक्रमित थपिएका हुन् ।

नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले संक्रमितमध्ये ५० जना पर्सा जिल्लाका र तीनजना बाराका रहेको बताए ।

त्यस्तै नारायणी अस्पतालका दुई चिकित्सकसहित ४ स्वास्थ्यकर्मीमा पनि संक्रमण देखिएको छ । पर्सामा दिनहुँ कोरोना संक्रमणदर बढ्दो छ ।