मेरो टाउको काट्ने धम्की आयो : मन्त्री भट्ट

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले आफूलाई ज्यान मार्ने धम्की आएको बताएका छन् ।

बिहीबार संसदको उद्योण वाणिज्य तथा उपभोक्ता हित समितिको बैठकमा मन्त्री भट्टले एमसिसीको पक्षमा उभिए टाउको काट्ने धम्की आएको बताएका हुन् ।

समितिमा नेटवर्किङ व्यवासयबारे छलफल गर्न बैठक बोलाइएको थियो । उक्त बैठकमा मन्त्री भट्टले बझाङबाट फोनमा आफूलाई एमसिसीको पक्षमा मतदान गरेमा टाउको काट्ने धम्की आएको बताए ।

प्रतिउत्तरमा आफूले एमसिसी सम्झौता पढेको छ भनेर सोध्दा ‘पास नगर्ने भनेसी नगर्ने पढ्ने तेरो जिम्मा हो’ भन्ने धम्की आएको जानकारी दिए ।