चार महिनापछि आजबाट औपचारिक रुपमा सञ्चालन हुँदै होटल रेष्टुराँ

काठमाडौं । अनौपचारिक र लुकीछिपी रुपमा लाग्दै साउनबाट होटल तथा रेष्टुराँ व्यवसाय संचालनमा आए पनि बन्दाबन्दीको चार महिनापछि आजबाट भने औपचारिक रुपमै होटेल रेस्टुराँ सञ्चालनमा आएका छन ।

सरकारले गत चैत ११ गतेदेखि गरेको लकडाउन साउन ७ गतेबाट अन्त्यको औपचारिक घोषणा गर्दै साउन १५ गतेदेखि होटल व्यवसाय सञ्चालन गर्न स्वीकृति दिने निर्णय गरेको थियो ।

पर्यटकीय सिजनलाई मध्यनजर गरेर ट्रेकिङ, ट्राभल र पर्वतारोहणसम्बधी कार्यालय सञ्चालनमा आएका हुन । बन्दाबन्दी खुलेसँगै पर्यटन व्यवसायीले नयाँ उत्साहका स्वास्थ्य प्रोटोकल पालना गर्दै व्यवसाय अघि बढाउने बताएका छन । तर संचालनमा आएक कतिपय होटेल, रेष्टुराँमा कोरोना संक्रमणबाट बच्ने प्रयाप्त उपाएहरु भने अबलम्बन गरिएको पाइँदैन ।

विशेष गरी विदेशबाट आउने पर्यटकको विषयमा स्वास्थ्य प्रोटोकलको स्पष्ट मापदण्ड नहुँदा अझै होटल व्यवसायीमा अन्यौल कायमै छ । विदेशी पर्यटक नेपाल घुम्न आउँदा क्वारेन्टिन बस्नुपर्ने नपर्ने अथवा पिसिआर रिपोर्टले मात्रै पुग्नेलगायत विषयमा अझै अन्योल रहेको होटल एशोसिएशन अफ नेपाल (हान)लले जनाएको छ ।