निर्मला हत्या प्रकरणको प्रमाण लोप गरेको आरोप लागेका प्रहरी अधिकारीसहित आठ जनालाई सफाइ

कञ्चनपुर । दुई वर्ष अघि कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको प्रमाण नाशेको आराप लागेका आठ प्रहरीले जिल्ला अदालत कञ्चनपुरबाट सफाइ पाएका छन ।

सफाइ पाउनेमा तत्कालिन कञ्चनपुरका प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टसहित ८ जना प्रहरी छन । उनीहरु विरुद्ध दर्ता भएको सार्वजनिक न्यायविरुद्धको कसूर र यातनासम्बन्धी कसूरमा जिल्ला अदालत कञ्चनपुरले सफाइ दिएको हो ।

जिल्ला न्यायाधीश गोपालप्रसाद वास्तोलाको इजलासले दुबै मुद्दामा प्रहरी अधिकारीलाई सफाइ दिएको कञ्चनपुर जिल्ला अदालतका श्रेस्तेदार यदुनाथ शर्माले बताएका छन् ।

घटनामा एसपी विष्टसहित डीएसपी अंगुर जिसी र ज्ञानबहादुर सेटी, इन्सपेक्टर एकीन्द्र खड्का, जगदिश भट्ट, सई हरिसिंह धामी, रामसिंह धामी र हवल्दार चाँदनी साउदले प्रमाण नष्ट गरेको आरोप लागेको थियो ।

सफाइ पाएपछि मुद्दा निलम्बित प्रहरीलाई काममा फर्किन बाटो खुलेको छ । तर एसपी विष्‍ट र इन्सपेक्टर जगदिश भट्ट भने भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी सेवाबाट हटाइएका थिए ।