कैलाली । कैलालीको भजनी नगरपालिका बाढीमा बगेर बेपत्ता भएका तीन जनामध्ये एक जनाको शव फेला परेको छ ।
कैलाली जिल्ला प्रहरी कार्यालयका अनुसार अविरल वर्षापछि वेपत्ता भएका भजनी नगरपालिका वडा नं. ८ जनकपुर गाउँका ९ वर्षीय स्केल चौधरी मृत फेला परेका हुन ।
यस्तै, वडा नम्बर ८ बस्ने ३३ वर्षिय चक्र बहादुर विक, काँडाढिक गाउँका ४० वर्षीय ईश्वर शाह अझै अज्ञात रहेका छन ।