हरिबंश आचार्यको गाइजात्रा गीत बजारमा

काठमाडौं । हरिबंश आचार्यको गाइजात्रा गीत ‘तिमी केको जान्ने, तिमी केको सुन्नेु सार्वजनिक भएको छ । आचार्यकै शब्द, संगीत र स्वर रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

गीतमार्फत राजनीतिक व्यङ्ग्य गरिएको छ । हरेक राजनितिक दलमा को ठूलो, को सानो भन्ने तछाड मछाडलाई गीतमा व्यक्त गरिएको छ । गीतमा भुपालमान सिंहको एरेञ्ज छ । किरण तुलाधरको मिक्सिङ÷माष्टरिङ रहेको गीत स्टुडियो वानमा रेकर्डिङ गरिएको हो ।

सागरराज शर्माको निर्देशन रहेको गीतको भिडियोमा हरिबंश आचार्य, शशिकुमार खड्का, किरण तुलाधर, विकाश भट्टराई, सुश्मा कार्की, धनराम मुस्कान, अनिल जिसी (बुलेट), सम्राट घिमिरे, दीप शेर्पाली, सुवाश महत, शंकर बिसीलगायतको अभिनय छ ।