काठमाडौ । शनिबार देशभर ३ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा.जागेश्वर गौतमले आज ३ सय १५ जनामा कोरोना संक्रमण देखिएको बताए।
योसँगै नेपालमा २० हजार ८६ जनामा संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा ६ हजार ३ सय ९३ जनाको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ।
उपत्यकामा आज थप १५ जनामा कोरोना संक्रमीत थपिएका छन्। शनिबार देशभर ५ हजार ३ सय ३८ जना सक्रिय कोरोना संक्रमित रहेको डा. गौतमले बताए। हालसम्म १४ हजार ४ सय ९२ जना संक्रमण निको भएका छन्।
आज मात्रै ९३ जना कोरोना जितेर घर फर्किएका छन् । हालसम्म कोरोना संक्रमणको कारणले ५६ जनाको मृत्यु भएको छ।