लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतमा भट्टको सम्भावना उच्च

काठमाडौं । विकास तथा पूर्वाधार क्षेत्रका विज्ञ इञ्जिनियर शुशिल भट्ट लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतका लागि बलियो दावेदार देखिएका छन ।

काठमाण्डौं विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर गरेका भट्ट व्यवस्थापन विकास क्याम्पसका प्राध्यापक तथा नेपालका प्रशासक, अर्थविद, प्राज्ञ, अनुसन्धानकर्ता तथा दिग्गजव्यक्तित्वको छाता संगठन नेपाल व्यवस्थापन संघमा दुई पटक अध्यक्ष समेत भइसकेका छन ।

आफ्नो उच्चशिक्षा हासिल गर्ने क्रममा पढाइमा अव्वल इञ्जिनीयर भट्ट एसिएन एसोसिएशन अफ म्यानेजमेन्ट अर्गनाइजेसनको संस्थापन कार्यदलका सदस्य समेत हुन् ।

नेपालको व्यवस्थापन क्षेत्रमा महत्वपूर्ण कदम चाल्न व्यवथापन संघ र व्यवस्थापन विकास केन्द्रमार्फत उनले थुप्रै अनुसन्धानात्मक लेख तथा कार्यपत्र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रस्तुत गर्दै आफ्नो अव्वल क्षमता प्रदर्शन गरिसकेका छन ।

हाल राष्ट्रिय योजना आयोगका सदस्य भट्ट मेहेनती, कुशल व्यवस्थापक, योजनाहरुको प्रभावकारी कार्यान्वयन तथा पूर्वाधारमा अव्वल मानिन्छन । आफ्नो व्यवस्थापन अध्ययनको उच्च शिक्षा हासिल गर्दा प्रत्यक्ष वैदेसिक लगानिमा शोधपत्र गर्दै एसिएन एसोसिएसन अफ म्यानेजमेन्ट अर्गनाइजेसनको अष्ट्रेलियामा सम्पन्न कार्यक्रममा उनले उत्कृष्ठ कार्यपत्र प्रस्तोताको रुपमा ख्याति समेत प्राप्त गरेका छन ।

भट्टले व्यवस्थापन क्षेत्रको विज्ञको रुपमा नेपाल सरकारबाट प्रदान गरिने प्रबल जनसेवाश्री भारतको प्रसिद्ध उत्कृष्ठ मानव स्रोत साधन व्यवस्थापन अवार्ड जस्ता पुरस्कार पाइसकेका छन । भट्टले योजना आयोगमा रहँदा पनि सक्रिय ढंगले कार्य सम्पादन गरेका छन ।

उनकै समन्वयमा राष्ट्रिय आयोजना बैंकको निर्माण गर्दै विकास आयोजनाहरुको प्रभावकारी कार्यान्वयनमा कोसे ढुंगा सावित हुने कार्य सम्पन्न भएको छ । उनले सार्वजनिक लगानिलाई प्राथमिकतामा राख्दै उच्च प्रतिफलका माध्यमबाट मुलुकमा दिगो विकास र सम्वृद्धि ल्याउन सकिने वहुआयामिक आयोजनामा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन । त्यसैले पनि भट्ट लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतका लागि योग्य देखिएका हुन ।