निर्वाचन आयोगविरुद्ध सर्वोच्च जाँदै नेपाल कम्युनिष्ट पार्टी

काठमाडौं । निर्वाचन आयोगको कदमका विरुद्ध नेपाल कम्युनिष्ट पार्टी सर्वोच्च अदालत जाने भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी छोटकरीमा नेकपा नाममा विधिवत् रुपमा आफ्नो दल निर्वाचन आयोगमा दर्ता रहेको अवस्थामा अन्य दललाई नेपाल कम्युनिष्ट पार्टी (ने क पा) नाममा दर्ता दिएकाले आयोग विरुद्ध सर्वोच्च जाने नेपाल कम्युनिष्ट पार्टीका कार्यालय सचिव रत्नप्रसाद जोशीले जनाएका छन् ।

‘आयोगको कदमका विरुद्ध नेपाल कम्युनिष्ट पार्टीले सर्वोच्च अदालतमा मुद्दा हाल्ने भएको छ,’ विज्ञप्तिमा भनिएको छ । नेपाल कम्युनिष्ट पार्टीले मंसीर २० गते सर्वोच्च अदालतमा मुद्दा दर्ता गर्ने विज्ञप्तीमा उल्लेख छ ।