पर्सामा थपिए ७३ जनामा कोरोना संक्रमित

वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित हुनेमा ६१ जना पुरूष र १२ जना महिला रहेका छन्। नेपाली सेना, नेपाल प्रहरी र पत्रकारमा समेत कोरोना पुष्टि भएको छ ।

नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायले दिएको जानकारीअनुसार आइतबार राति संक्रमण पुष्टि भएका ७३ मा मास ट्रेसिङ, एक घर एक परीक्षण र कन्ट्याक्ट ट्रेसिङमा परेका रहेका छन् ।

नेपाल प्रहरीका २ जना, नेपाली सेनाका १ जना, पर्साका पत्रकार १ जना, वीरगञ्ज महानगरपालिकाका विभिन्न वडाका ५ जना, बारा जिल्लाका ५ जना र १ जना भारतीय नागरिक रहेको मेसु उपाध्यायले जानकारी दिए ।