पर्सामा थप १८ जनामा कोरोना संक्रमण

वीरगञ्ज । पर्सामा आज १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४ सुरक्षाकर्मी, १२ महिला, एक सञ्चारकर्मी र एक भारतीयसहित १८ जनामा कोरोना संक्रमित थपिएका हुन् ।

नारायणी अस्पतालमा गरिएको पिसिआर परीक्षणमा थप १८ जनामा संक्रमण देखिएको हो ।